
इस्लामावाद : पाकिस्तान र इरानबीच दुई देशबीचको सीमा व्यवस्थापनमा सहमति भएको छ। समझदारीपत्रमा दुई देशले आइतबार हस्ताक्षर गरेका छन्।
दुई देशको संयुक्त सीमा आयोगको बैठक आइतबार पाकिस्तानको बोलुचिस्तान प्रान्तमा बसेको भएको थियो।
गत मे महिनामा दुई देशको सीमा आयोग गठन भएको थियो। आतंकवादी क्रियाकलापको नियन्त्रण गरी पाकिस्तान र इरानबीचको सीमा क्षेत्रलाई अद्यावधिक गर्नका लागि भन्दै संयुक्त आयोगको गठन भएको थियो।
रेडियो पाकिस्तानका अनुसार आयोगको बैठकमा आतंकवादी क्रियाकलापहरुको निगरानी र नियन्त्रण, सीमा सुरक्षा, अध्यागमन तथा द्धिपक्षीय व्यापारलगायतका क्षेत्रमा छलफल र सहमति भएको छ।
बैठकमा सहभागी दुवै देशका प्रतिनिधिहरुले सीमा क्षेत्रमा हुन सक्ने अवैध लागूपदार्थको ओसार पसार, अवैध आप्रवासनको आवातजावतलगायतका धेरै पक्षको रोकथामका लागि सहमति तथा प्रतिबद्धता कायम गरेका रेडियो पाकिस्तानले जानकारी दिएको छ। रासस/सिन्ह्वा