उदयपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा नारायण खड्काले पछिल्लो समय नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको वाम गठबन्धनले भौगोलिक ध्रुवीकरण बढ्न सक्ने खतरा रहेको बताएका छन्।
नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा खड्काले एमाले र माओवादी गठबन्धनले आसन्न निर्वाचनलाई नै असहज वातावरण सिर्जना गरेको बताए।
माओवादी केन्द्र सरकारमा पनि रहने र प्रतिपक्षमा रहेको दलसँग पनि गठबन्धन गर्नाले निर्वाचनलाई असहजता सिर्जना गराउने वातावरण बन्ने बताए। उनले माओवादी केन्द्रको सरकारमा पनि रहने र प्रतिपक्षसँग पनि गठबन्धन गर्ने दोहोरो चरित्र स्वीकार्यता नहुने बताए।
खड्काले वाम गठबन्धनले छिमेकी मुलुकसँगको सन्तुलन खलबलिने खतरा रहेको बताए।उनले माओवादी केन्द्रलाई आफ्ना मन्त्रीलाई नैतिकरुपमा सरकारबाट फिर्ता बोलाउन सुझाव दिए। रासस