PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'अन्तराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड' हुने



पहिलोपोस्ट

'अन्तराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड' हुने

काठमाडौं: 'इन्फा फिल्म अवार्ड' आयोजना हुने भएको छ। सोमबार कार्यक्रम आयजना गरी नयाँ अवार्ड कार्यक्रम 'अन्तराष्ट्रिय नेपाली फिल्म फेयर एकेडेमी अवार्ड' हुने जानकारी दिइएको हो।

बक्स अफिस ग्रुप र पोस्टमोडर्न एडुकेशनको संयुक्त आयोजनामा अवार्ड हुन लागेको हो। अवार्ड घोषणा कार्यक्रममा अभिनेत्री पूजा शर्मा, संगीतकार युवराज चौंलागाई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटा, चलचित्र संघका अध्यक्ष प्रदिप उदय लगायतले अवार्ड लोकार्पण समेत गरे।

अवार्डको पहिलो संस्करण सन् २०१८ को दोस्रो हप्तामा हुनेछ। अवार्ड वितरण समारोह दक्षिण कोरियामा सियोलमा हुने जानकारी दिइएको छ। अवार्डका कार्यक्रममा सन् २०१७ जनवरी १ देखि डिसेम्बर ३० सम्म सार्वजनिक भएका फिल्मले सहभागिता जनाउन पाउनेछन्।

२० विधामा प्रदान गरिने अवार्ड कार्यक्रममा एक श्रष्टालाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड' दिइने आयोजक मनोज केसीले बताए। भने,'नेपाली फिल्म र फिल्मकर्मीको सम्मान र प्रोत्सहानका लागि अवार्ड कार्यक्रम आयोजना गर्न लागेका हौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell