PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राजपाका सहमहामन्त्री धारेवाल नेपाली कांग्रेसमा प्रवेश



पहिलोपोस्ट

राजपाका सहमहामन्त्री धारेवाल नेपाली कांग्रेसमा प्रवेश

काठमाडौं  : राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री दिलिप धारेवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेस नेता डा. शेखर कोइरालाको निवासमा आयोजित कार्यक्रममा उनी राजपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस नेता कोइरालाले अवीर माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा धारेवालले आफूले क्षेत्रीय राजनीतिमा लामो समय विताएको तर विकासका लागि नेपाली कांग्रेसको विकल्प नदेखेकाले कांग्रेस प्रवेश गरेको बताए। मोरङका स्थायी बासिन्दा उनी व्यवसायीसमेत हुन्। 

धारेवाल सद्भावना पार्टीका संस्थापक मध्येका एक हुन्। उनले यसअघि संसदमा प्रतिनिधित्वसमेत गरिसकेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell