PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

गच्छदारको लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता 



पहिलोपोस्ट

गच्छदारको लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता 

काठमाडौँ :   विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम र नेपाली कांग्रेसबीच एकता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीबीच एकता भएको घोषणा गरिएको हो।

स्रोतका अनुसार गच्छदारको पार्टीबाट नेपाली कांग्रेसले ६ जनाको नाम समानुपातिक सूचीमा राखेको छ। प्रदेशबाट पनि समुचित प्रतिनिधित्व गराउने सहमतिमा उल्लेख छ। 

कांग्रेसबाट छुट्टिएर मधेसी जनअधिकार फोरम नेपाल प्रवेश गरेका गच्छदारले पछि फोरम नेपालबाट अलग्गिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरेका थिए। पार्टीको नाम पछि नेपाल लोकतान्त्रिक फोरम राखिएको थियो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell