PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेको सम्झिएर रोए गच्छदार, प्रमलगायत कांग्रेस नेताहरुले पनि आँसु पुछे

१० वर्षअघि बालुवाटारबाटै कांग्रेस छाडेको सम्झिएर रोए गच्छदार, प्रमलगायत कांग्रेस नेताहरुले पनि आँसु पुछे

रमेश वाग्ले/पहिलोपोस्ट


काठमाडौँ : प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै फोरम अध्यक्ष विजयकुमार गच्छदार भावुक भए। 

उनले २०६४ माघ १८ गते बालुवाटारबाटै नेपाली कांग्रेस पार्टी छाडेको घोषणा गरेर हिँडेको स्मरण गर्दै घुँक्कघुँक्क गर्दा वातावरण भावुक भयो। प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसका अरु नेताहरुले पनि आँसु पुछेको देखिन्थ्यो। 

एकता घोषणा कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गच्छदारले हात मिलाउँदा दुवैको हात मिलाइदिन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित थिए। 

एकता घोषणा भए पनि पद मिलानको घोषणा भएको छैन। गच्छदारले लोकतन्त्र जोगाउन निशर्त एकीकरण गरिएको दावी गरे। 'म छुट्टै चुनाव लड्ने तयारी गरिरहेको थिएँ', उनले भने, 'साढे ३ लाख मेरो स्थिर मत थियो। प्राविधिक कारणले मैले स्थानीय चुनावमा कम सिट पाएको थिएँ।'

उनले कम्युनिस्टहरुले हठात् एकीकरण गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र समाजवाद ल्याउने घोषणा गरेको उल्लेख गर्दै भने, 'यो भनेको सीधा सीधा लोकतन्त्र सिध्याउने कुरा हो। त्यसैले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा लागेका हौँ।'

गच्छदारले कम्युनिस्टहरुलाई दुई तिहाई हैन, बहुमत पनि ल्याउन दिँदैनौँ भने। उनले अगाडि भने, 'हामी दुई तिहाई त भन्दैनौँ तर हाम्रो अलायन्सले अबको सरकार बनाउने छ। यो मेरो घोषणा हो।'

उनले आजैका दिनदेखि नेपाल लोकतान्त्रिक फोरमलाई नेपाली कांग्रेससित एकतावद्ध भएको र समाहित भएको घोषणा गरे। 

 


ट्रेन्डिङ पोस्ट

Ncell