PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

करेन्ट लागेर दाङमा एक जनाको मृत्यु



पहिलोपोस्ट

दाङ : करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर शान्तिनगर गाउँपालिका–५ काशीपुरका ३० वर्षीय दिलबहादुर चौधरीको मृत्यु भएको हो।

आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर छाती र हात जलेको अवस्थामा उपचारका लागि अञ्चल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो।
योसँगै दाङमा ६ महिनाको अवधिमा करेन्ट लागेर सातजनाले ज्यान गुमाएका छन्।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell