
बोर्ड अफ द एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सले हलिउड निर्देशक हार्वे वेन्सटनलाई निस्कासन गरेको छ। मिडियामा उनी विरुद्ध यौन उत्पिडनको खबर निरन्तर प्रकाशित भएपछि उनलाई अस्कर एकोडेमीको बहिष्कार गरेको वासिङटन पोस्टले जनाएको छ।
अस्कर एकेडेमीका ५४ बोर्ड सदस्यले उनी बारे छापिएका खबरहरुको छानबिन गरेर दुई तिहाइ बहुमतले उनलाई अस्करमा सहभागिता लिन नदिने निर्णय गरेको हो। निर्णयका लागि शनिबार बेलुकी मतदान गरिएको थियो। एकेडेमीले जारी गरेको विज्ञप्तीमा भने,'हामीले सजिलै कसैलाई एकेडेमीबाट पर बनाएका हैनौं। हार्वेको व्यवहार र गतिविधिले फिल्म इन्डस्ट्रीमा नै असर गरेको छ। किनकी यौन दुर्व्यवहार सामान्य विषय होइन।'
हार्वेको ३०० फिल्म अस्कर अवार्डको फरक फरक विधामा मनोनित भएका थिए। जसमध्य ८१ फिल्मले अवार्ड जितेका छन्।
उनीमाथि एकपछि अर्को गर्दै अभिनेत्री, कलाकार, डिजाइनरदेखि उनी कार्यरत कार्यालयका महिला कर्मचारीहरुले यौन उत्पीडनको आरोप लगाएका हुन्। आरोप लगाउनेको सूचीमा हलिउड अभिनेत्री एन्जेलिना जोली, जेनिफर लरेन्स र ग्विनेथ पाल्त्रोव पनि रहे। त्यस्तै बलिउड अभिनेत्रीले ऐश्वर्या रायले पनि हार्वेले आफूलाई एकान्तमा भेट्न बोलाएको खबर सार्वजनिक गरिन्। यही घटनाका कारण हार्वेलाई उनी कार्यरत कम्पनीले निस्कासन गर्योा र उनकी श्रीमती फेशन डिजाइनर जियार्जिना सैम्पमैनले पनि हार्वेलाई डिभोर्स दिएको खबर टेलिग्राफमा प्रकाशित छ।