PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रमुख निर्वाचन आयुक्तले भने– मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन 



पहिलोपोस्ट

प्रमुख निर्वाचन आयुक्तले भने– मन्त्रिपरिषद् विस्तारले निर्वाचनलाई असर पर्दैन 

धुलिखेल :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यावदले मन्त्रिपरिषद् विस्तार भएपनि निर्वाचनलाई केही असर नपर्ने बताएका छन्। 

काभ्रेको धुलिखेलमा प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन सामग्री तथा व्यवस्थापन क्षेत्रीय प्रशिक्षक तालिम कार्यक्रम’मा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै प्रमुख आयुक्त यादवले सरकार भनेको राजनीतिक विषय भएकाले त्यसबाट निर्वाचनमा कुनै असर नपर्ने बताएका हुन्। 

उनले यसअघि पनि निर्वाचनका बेला सरकार परिवर्तन, मन्त्रिपरिषद् विस्तार तथा प्रधानमन्त्रीसमेत परिवर्तन भएको उल्लेख गर्दै त्यस्तो बेलामासमेत निर्वाचन सम्पन्न गरेको बताए। 

‘हामीले आगामी मंसिर १० र २१ गतेको निर्वाचन मुख्य विषय भएकाले निर्वाचनलाई अर्जुन दृष्टिले हेर्दै सम्पन्न गर्न गइरहेका छौं।’ यादवले भने,‘सरकार थपघटको कुरामा निर्वाचन आयोग फस्नुहुँदैन’ मूल अभियान जसरी भए पनि निर्वाचन सफल गर्ने हो, त्यसैले सरकारलाई हामी आग्रह गर्दछौं, ‘आचारसंहिता विपरित कुनै काम नहोस् र आगामी दिनमा पनि नहोस्।’ 

यादवले निर्वाचन आयोग यस विषयमा निष्पक्ष र यसको सञ्चालनमा कुनै कसर नपरोस् भनेर आग्रह गरिरहेको बताए।

हिजो समानुपातिक तर्फको बन्द सूची सफल भएको र अरु कार्यक्रम पनि अगाडि बढिरहेको अवस्थामा सबै सरोकारवाला निकायले अन्यथा लिएर अतिरञ्जीत नगर्नसमेत आग्रह गरे। अहिलेसम्मको प्रजातान्त्रिक संस्कारको रुपमा हेर्दा २०६४ मा पनि २०७० र स्थानीय तहको निर्वाचनमा पनि सरकार परिवर्तन भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell