PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

सलोन बस्नेत अब गायक पनि, पहिलो म्युजिक भिडियो सार्वजनिक



पहिलोपोस्ट

सलोन बस्नेत अब गायक पनि, पहिलो म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : सहअभिनेताका रुपमा दर्शकले रुचाएका कलाकार हुन् सलोन बस्नेत। होस्टल रिटर्नस, ए मेरो हजुर २ लगायत हिट फिल्मबाट युवा दर्शकबीच चर्चामा आएका बस्नेतको परिचय अब अभिनेताको मात्र रहेए। उनी अब गायक पनि भएका छन्। उनको 'रुम नं १०८' बोलको गीत सार्वजनिक भएको हो।

सलोनलाई स्वरमा साथ दिएका छन् अर्का अभिनेता आमेश भण्डारीले। दुई अभिनेताको संयुक्त स्वर रहेको गीत आइतबार युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा शब्द र संगीत संयोजन पनि सलोन र आमेश कै रहेको छ। भिडियोमा यी दुवै कलाकारको फिचरिङ रहेको छ। भिडियोलाई पवन सुस्लिङले निर्देशन गरेका हुन्।

पर्फेक्ट प्लान इन्टरनेशनलको प्रस्तुती रहेको गीतको भिडियोमा अन्य कलाकार करिश्मा केसी, पुनम रायमाफी, उर्मिला श्रेष्ठ, सब्बु बस्नेत, रोजिना खत्री लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell