PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

८८ किलो सुन तस्करका प्रमुख नाइके कांग्रेसको समानुपातिकको सूचीमा



सविन ढकाल

८८ किलो सुन तस्करका प्रमुख नाइके कांग्रेसको समानुपातिकको सूचीमा

काठमाडौं : गत भदौं अवैध रुपमा राजधानीमा भित्र्याएको ८८ केजी  सुन तस्करीको मुख्य नाइके पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ। तामाङलाई आज स्वयम्भुबाट पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले बताए।

उनी आगामी प्रनिनिधि सभाको लागि कांग्रेसको तर्फबाट समानुपातिक सूचीमा परेका व्यक्ति हुन्। उनी नेपाल–केरुङ व्यापार संघका अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ।

स्रोतका अनुसार ८८ किलो सुनको नेपालतर्फ क्लियर बनाउने जिम्मा पनि उनकै भएको अनुसन्धानबाट खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई हिरासतमा राखी महाशाखाले अनुसन्धानअघि बढाएको छ।
















 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell