PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

हावाहुरीका कारण ७ प्याराग्लाइडर फेवातालमा खसे, १४ जनाको सकुशल उद्दार



नरहरि पौड्याल

हावाहुरीका कारण ७ प्याराग्लाइडर फेवातालमा खसे, १४ जनाको सकुशल उद्दार
फाइल फोटो

पोखरा : अचानक आएको हावाहुरीले उडिरहेका ७ वटा प्याराग्लाइडर फेवातालमा खसेका छन्। ७ वटा प्याराग्लाइडरमा सवार १४ जनाको उद्दार भइसकेको छ। तीमध्ये १ जना चिनिया पर्यटकको अवस्था गम्भिर भएकाले अस्पतालमा उपचार भैरहेको छ।

कास्कीको सराङकोटबाट उडेका सातवटा प्याराग्लाइडर तीव्र गतिको हावाका कारण अनियन्त्रित भइ फेवातालमा खसेको हुन्। ग्लाइडरसहित फेवातालमा खसेका सातजना यात्रु र सात जना पाइलट सकुशल छन्।

दिउँसो करिब २ बजे सराङकोटबाट उडेको केही समयपछि नै तीव्र गतिको हावाका कारण प्याराग्लाइडर तालमा खसेको हो।

६ वटा प्याराग्लाइडिङ कम्पनीका ७ वटा प्याराग्लाइडर तालमा खसेको र सबैको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए। ‘एकजना घाइते भएको जानकारी आएको छ’ उनले भने।

प्याराग्लाइडर तालमा खसेलगत्तै त्यहाँ तैनाथ उद्धार डुंगाहरुले तत्कालै उद्धार गरेकाले कुनै मानवीय क्षति नभएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell