PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

सुदूरपश्चिम विश्वविद्यालयमा पन्ध्र आंगिक क्याम्पस



रासस

सुदूरपश्चिम विश्वविद्यालयमा पन्ध्र आंगिक क्याम्पस
फोटो : http://www.hamroshiksha.com

बैतडी : प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तिम चरणमा पुगेको छ।

प्रदेश नं ७ का १५ वटा सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन लागिएको जयपृथ्वी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख दीपकराज जोशीले बताए।

विश्वविद्यालय अनुदान आयोगले ती सामुदायिक क्याम्पसलाई असोज २५ गते पत्राचार गरेसँगै प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आंगिक क्याम्पसका लागि शिक्षा र अर्थ मन्त्रालयले ४४४ वटा दरबन्दी स्वीकृत गरिसकेपछि मन्त्रिपरिषद्ले आंगिक बनाउने निर्णय गरेको हो।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसका लागि छनोट भएका क्याम्पसमा बैतडीको जगन्नाथ बहुमुखी क्याम्पस, पाटन बहुमुखी क्याम्पस र मेलौलीस्थित मणिलेक बहुमुखी क्याम्पस, डोटीको उच्चाकोटस्थित सीताराम बहुमुखी क्याम्पस र जोरायलस्थित घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस, बाजुराको नौबिसेस्थित बडीमालिका क्याम्पस र मार्तडीस्थित बाजुरा क्याम्पस तथा डडेल्धुराको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पस रहेका छन्।

यस्तै, कैलाली बहुमुखी क्याम्पस धनगढी, टीकापुर बहुमुखी क्याम्पस, अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस, बझाङको जयपृथ्वी क्याम्पस, दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पस र खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस तथा अछामको जनता बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने निर्णय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell