PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राष्ट्रपति भण्डारीद्वारा विभिन्न सात वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

राष्ट्रपति भण्डारीद्वारा विभिन्न सात वटा विधेयक प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भएका विभिन्न सात वटा विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संसदबाट पारित भई आएका मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता) मुलुकी फौजदारी कार्यविधि (संहिता) फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन), केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक र भाषा आयोग विधेयक, २०७४  प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell