PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

डाक्टर विदुर चालिसेको ‘सेनेगल’ सार्वजनिक



पहिलोपोस्ट

डाक्टर विदुर चालिसेको ‘सेनेगल’ सार्वजनिक

काठमाडौं: कवि तथा लेखक डाक्टर विदुर चालिसेको नयाँ कृति सार्वजनिक भएको छ। चालिसेले कविता संग्रह ‘सेनेगल’ बजारमा ल्याएका हुन्।

यो लेखकको छैठौं कृति हो। यसअघि उनले लघु काव्यसाथै अनुसन्धान मुलक नेपाली व्याकरणको इतिहास, नेपाली क्रिया, अव्यय लगायत विषयमा पुस्तक प्रकाशन गरेका छन्। लेखक चालिसेका अनुसार संग्रहमा उनले कविताहरु नाटकिय र प्रगीतात्मक संरचनामा परिलक्षित गरेको बताए।

शब्द संयोजन प्रकाशनको प्रस्तुती सेनेगलमा वटा कविता समावेश छन्। सेनेगल कविता संग्रहको व्यक्तिगत मूल्य २०० रुपैयाँ रहेको छ भने संस्थागत मूल्य ४०० रुपैयाँ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell