PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बङ्लादेशमा डुङ्गा दुर्घटना हुँदा आठ रोहिङ्गा शरणार्थीको मृत्यु, ४०  बेपत्ता



पहिलोपोस्ट

बङ्लादेशमा डुङ्गा दुर्घटना हुँदा आठ रोहिङ्गा शरणार्थीको मृत्यु, ४०  बेपत्ता
फोटो श्रोतः indianexpress.com

ढाका : म्यानमारसँगको दक्षिणपुर्वी सीमामा पर्ने बङ्गलादेशको बङ्गालमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका रोहिङ्गा मध्ये अहिले सम्म आठ जनाको शव भेटिएको प्रहरीले जनाएको छ। 

स्थानीय प्रहरी अधिकृत मोहम्मद अस्राफुज्जामानले चार बालबालिका र चार महिलाका शव भेटिएका छन्। दुर्घटनामा  ४० जना हराइरहेका उनले बताए। 

प्रहरी अधिकारीहरुले दिएको जानकारी अनुसार उद्धारकर्ताहरुले हराइरहेकाहरुको खोजी गरिरहेका छन्। घटनास्थल बङ्गलादेशको राजधानी ढाका देखि २९२ किलोमिटर दक्षिणपूर्वमा पर्दछ। 

दुर्घटना भएका समय डुङ्गामा ७० जना रोहिङ्गले यात्रा गरिरहेका थिए। ती मध्ये २० जनाले आफै पौडिएर ज्यान जोगाउन सफल भएका प्रहरीले जनाएको छ। 

गत हप्ता पनि नाफ नदीमा भएको यस्तै दुर्घटनामा परी मृत्यु भएका मध्ये कम्तीमा २८ जना रोहिङ्गको शव भेटिएको थियो। यो घटनास्थल पनि बङ्गलादेश र म्यानमारको सिमानामा पर्दछ। 

गत अगस्ट २९ देखि अहिलेसम्म भएका यस्ता २५ वटा डुङ्गा दुर्घटनामा परेका कम्तीमा १३२ जनाको शव निकालिएको छ। 

म्यानमारको राखिन राज्यमा हिंसा फैलिएपछि गत अगस्ट २५ देखि झण्डै पाँच लाख रोहिङ्गा समुदायका मानिसहरु विस्थापित भएर बङ्गलादेश पुगेका छन् । रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell