- चन्द्रकान्त खनाल
भिडियो संवादमार्फत बयान लिई नयाँ प्रविधिको सुरुवात गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
यो प्रविधिबाट सुरक्षा चुनौति हट्ने, जनशक्तिको बचत, समय र काम गर्न सजिलो भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले वताए।
भैरहवामा पक्राउ परेका अभियुक्तसँग जिल्ला अदालतका मुख्य न्यायाधीश नरेश्वर भण्डारीले कार्यालयबाटै बयान लिई यसको सुरुवात गरेका थिए ।
अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने ६ जनाको बयान लिइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला अदालतमा विशेष खालको प्राविधि तयार गरिएको छ।