दमक : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले झापाका सबै निर्वाचन क्षेत्रमा प्रदेश तथा प्रतिनिधि सभाका लागि उम्मेदवार तय गरेको छ।
उम्मेदवार छनोट समितिका सदस्य जयबहादुर श्रेष्ठका अनुसार क्षेत्र नं १ देखि ५ सम्मका सबै निर्वाचन क्षेत्रमा पार्टीबाट सर्वसम्मत उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गरिएको छ।
जिल्ला समितिको हालै सम्पन्न बैठकले दलबीच सहमतिबमोजिम गठबन्धन भएर निर्वाचनमा जानु परे प्रस्तावित नामावली फिर्तासँगै गठबन्धन भएर अघि बढ्नु पर्नेसमेत निर्णय गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
पार्टीले सार्वजनिक गरेको उम्मेदवारको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्यतर्फ क्षेत्र नं १ मा घनश्याम लामिछाने, २ मा मनोजकुमार बोहोरा, ३ मा रोहितचन्द्रसिंह राजवंशी, ४ मा गजबहादुर भण्डारी र ५ मा जयबहादुर श्रेष्ठ सिफारिशमा परेका छन्।
यस्तै प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं १ मा शिवकुमार चौहान, १ कै २ मा दीपेश राई, क्षेत्र नं २ मा लक्ष्मीप्रसाद ढकाल, २ कै २ मा भने ओमप्रकाश मिश्र, क्षेत्र नं ३ (१) मा धर्मेशचन्द्रसिंह राजवंशी, (२) मा देवेन्द्रराज कन्दङ्वा, क्षेत्र नं ४को (१) मा इन्द्रबहादुर बस्नेत, २ मा चन्द्रबहादुर योङ्या र ५ को १ मा देवेन्द्रकुमार खड्का र (२) मा विष्णुबहादुर धिमालको नाम सिफारिश गरिएको छ।रासस