PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

माल्टामा पानामा पेपरका पत्रकार ग्यालिजियको कार बम बिस्फोटमा मृत्यु



पहिलोपोस्ट

माल्टामा पानामा पेपरका पत्रकार ग्यालिजियको कार बम बिस्फोटमा मृत्यु

भेल्लेट्टा : चर्चित पानामा पेपर खोज पत्रकारिताको माल्टाकी एक पत्रकार कार बम बिस्पोटमा परी मृत्यु भएको माल्टाका प्रधानमन्त्रीले बताएका छन्।


५३ वर्षीया पत्रकार डाफ्ने क्यारुअना ग्यलिजिय आफ्नो घर जाँदै गर्दा कार बिस्फोटमा परी मृत्यु भएको प्रधानमन्त्री जोफेस मुस्काटले बताएका हुन।


यसअघि पत्रकार ग्यलिजियले सन् २०१६ मा माल्टाका विशेष मान्छेले गरेका आर्थिक गतिविधिका बारेमा पानामा पेपरलार्इ जानकारी गराएका थिए। उनी घर हिडेको आधा घन्टामा बम बिस्फोटमा परेका थिए। उनी प्रधानमन्त्री कार्यलयमा अनलार्इनका कर्मचारीसमेत रहेका थिए।


उनको श्रीमान र तीन छोराहरु रहेका छन्। उनको एक छोरा माट्थेव पनि खोजमूलक पत्रकारिताको समूहमा काम गर्दछ। उनले पानामा पेपरका लागि चर्चित पत्रकारिता पुस्कार पुलिजर प्राइजसमेम पाएका छन्। एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell