PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

फिल्म 'गुडबाइ काठमाडौंको स्क्रिन डेलीमा समीक्षा



पहिलोपोस्ट

फिल्म 'गुडबाइ काठमाडौंको स्क्रिन डेलीमा समीक्षा

गुडबाइ काठमाडौं तीन नेपाली युवाको कथा हो जो जिन्दगीमा अब के गर्ने? भन्ने अन्यौलतामा छन्। युवासँगै उनीहरुको परिवारको कथा हो यो जो एकअर्कासँग जोडिन्छन्।

नविन सुब्बा निर्देशित फिल्म गुडबाइ काठमाडौंले युवा पात्रमार्फत दर्शकलाई काठमाडौं चिनाउँछ। ती युवा पात्र जो काठमाडौं छोड्न चाहन्छन्। किनकी ती युवाहरुलाई काठमाडौंमा संघर्ष गर्न गाह्रो हुन्छ। फिल्मका तीन मुख्य पात्रहरुमध्य अमर (सुवर्ण थापा) एक हुन्। ऊ नेपालमा युवा केन्द्रीत कम्प्युटर कम्पनी खोल्ने लक्ष्य लिएर विदेशबाट नेपाल फर्किएको हुन्छ। अर्को पात्र हो लामो कपाल भएको मंगल (कर्मा) जो संगीतमा रुची राख्छ। ऋणमा डुबेको परिवारको छोरो मंगल बाहिर घुमिल हुँदैन। त्यस्तै अर्को पात्र हो रबिन (निखिल गुरुङ)। पढाईमा राम्रो गर्न नसकेको रबिन प्रेमिकासँगको समस्यामा हुन्छ। ऊ ब्रिटिसको लाहुरे बन्ने सपना देख्छ। नविन सुब्बाले यिनै पात्र र यिनको परिवारको कथामार्फत जेनेरेशन ग्याप र दुई अन्तर पुस्ताले देख्ने सपना, काम गर्ने शैली र अपनाउने बाटोहरुको फरक पाटो देखाउँछ। फिल्ममा पात्रहरु हुर्कदै, बुझ्ने हुँदै जान्छन्। बुवाआमा र छोराहरु बनेका मुख्य पात्रहरु एकअर्काको पुस्ताको कुरा बुझाउँन चुक्छन्।

फिल्मको कथाका पात्रहरुमा जनयुद्ध र राजनीतिक अस्थिरताको कथा पनि जोडिएको छ। युद्धको कथा पिडादायी भएपनि त्यसले फिल्मको ब्याकग्राउन्डलाई बलियो बनाएको छ। फिल्मको सेटिङ (काठमाडौं) प्रतिकात्मक छ। जुन ठाउँ माथि रहेर पनि निम्न वर्गको कथा भन्छ। काठमाडौं सजिएको छ धार्मिक, सांस्कृतिक मुर्ती र कलाहरु छन्। मंगलको बुवा बौद्ध धर्म सम्बन्धी त्यस्तै मुर्ती बनाउने भएपनि राम्रो कमाई गर्न सक्दैन। समग्रमा फिल्मले सम्पन्न सहर भित्रका अभावको कथा भन्छ। जहाँ आम नागरिक बाहेक देश, राजनीति र समाजको पक्षमा उभिएकाहरु पनि रुमल्लिएका छन्। आर्थिक अभाव, भौतिक अभाव, भावनत्मक अभाव। अभावले नै समाज टुक्र्याउँछ अनि परिवार पनि। गुडबाई काठमाडौंले निकै साधारण कथा भन्छ। कलेजका केटाहरु केटी जिस्काउँछन्, बेकामको संगीतमा लागेकोले आमा रिसाउँछिन्, प्रेमिका प्रेमीसँग खुशी हुँदिन, राजनीतिज्ञ पुरा नहुने बचन दिन्छन्। यीनै कथाहरु नै फिल्मको विशेषता हो। जसलाई नबिन सुब्बा पात्रमार्फत निकै सजिव ढङ्गमा व्यक्त गर्न सफल छन्।

फिल्मको सिनेम्याटोग्राफीमा छायांकार थेरी टाएबले साना साना सट्हरु आवश्यक ठानेका छैनन्, जसका कारण पात्र र वरिपरी फिल्म केन्द्रित छ। मंगलको ब्यान्डको रक संगीतहरुले भने कथाको फ्लोसँग मेल खादैन। मेकिङको पाटोमा सबल फिल्म हो गुडबाई काठमाडौं। फिल्ममा देखाइने साधारण दृश्य र संवेदनाले दर्शकलाई बाध्छ।

फिल्म गुडबाइ काठमाडौं दक्षिण एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको छ। बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत निर्देशकको नाममा स्थापित जिमजिसिओके अवार्डका लागि प्रतिस्पर्धामा छनोट भएको छ। उक्त अवार्डका लागि एसियाबाट ५६ वटा फिल्म प्रतिस्पर्धामा रहेका छन्। फिल्म 'गुडबाइ काठमाडौं'को स्क्रिन डेलीमा डेभिड डि आर्सीले गरेको समीक्षा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell