PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फिर्ता हुँदै माओवादी मन्त्रीः विना विभागीयलाई जिम्मेवारी तोक्दै प्रधानमन्त्री



रमेश वाग्ले

फिर्ता हुँदै माओवादी मन्त्रीः विना विभागीयलाई जिम्मेवारी तोक्दै प्रधानमन्त्री

काठमाडौं :   नेकपा माओवादी केन्द्रका मन्त्रीहरु आजदेखि सरकारबाट फिर्ता हुने भएका छन्।

आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसँग सरकारका विषयमा धारणा मागेपछि प्रधानमन्त्रीले माओवादीको समर्थन आवश्यक नभएको जवाफ दिएका थिए। 

प्रधानमन्त्रीले सरकारलाई स्पष्ट बहुमत संसदबाट नैं जुटिसकेको भन्दै विपक्षी गठबन्धन र सरकारमा बस्ने कुरा राजनीतिक र व्यवहारिक हिसावले नमिल्ने बताएपछि माओवादी मन्त्रीहरु फिर्ता हुने तयारीमा जुटेका हुन्।

माओवादीका मन्त्रीहरुले आज भने मन्त्रीकै हैसियतमा काम गरिरहेका छन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, सहरी विकास मन्त्री प्रभू साहले मन्त्रालयमै पुगेर काम गरे भने स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरलेले मन्त्रीकै हैसियतमा पुस्तक विमोचन समारोहमा सहभागिता जनाए। उनीहरु भोलिबाट भने मन्त्रीको हैसियतमा काममा फर्कने छैनन्।   

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग गत १७ गतेदेखि एकीकरण कार्यदल निर्माणसहित चुनावी गठबन्धन गरेको माओवादीले यसअघि सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारमा सहभागी हुने बताउँदै आएको थियो। 

कम्युनिष्ट गठबन्धन घोषणासहित एमालेसँग एकताको प्रक्रिया अघि बढाएपछि राप्रपाको समर्थन लिएका प्रधानमन्त्रीले शुक्रबार नैं राप्रपाका नेताहरुलाई मन्त्री पदमा सपथ गराउने तयारी गरेका थिए। तयारी बुझेको विपक्षी गठबन्धनले आचारसंहिता देखाएर राष्ट्रपतिलाई सपथ नगराउन आग्रहसमेत गरेका थिए। त्यही कारण राप्रपा मन्त्रीहरुको सपथ एक दिन सरेको थियो।

माओवादीले शनिबार विहानै पार्टीको स्थायी समिति बैठकबाट सरकारबाट फिर्ता नहुने निर्णयसमेत गरेको थियो। 

विपक्षी गठबन्धनबाट सपथ नगराउन आग्रह गरेपछि राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयोगसँग परामर्शसमेत गरेकी थिइन्। परामर्शमा निर्वाचन आयोगले यस अघि पनि आचारसंहितामा पटक पटक सपथ भएको भन्दै मन्त्रीहरु थप घटले निर्वाचनमा कुनै असर नपर्ने बताएपछि शनिबार साँझ राप्रा अध्यक्ष कमल थापासहित चार मन्त्री र तीन राज्यमन्त्रीले सपथ खाएका थिए। 

उनीहरुलाई माओवादीले मन्त्रीहरुका विषयमा निर्णय नगर्दासम्म केही दिन कुर्ने भन्दै प्रधानमन्त्रीले विभागीय जिम्मेवारी तोकेका छैनन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell