PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

हेटौंडामा रमेश उप्रेती कमब्याकको प्रशंसा



पहिलोपोस्ट

हेटौंडामा रमेश उप्रेती कमब्याकको प्रशंसा

मोफसल यात्रामा निस्किएको फिल्म ’ऐश्वर्य’ युनिटले पोखरा र चितवनपछि हेटौडामा पत्रकार सम्मेलन गरेको छ। चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा भएको सम्मेलनमा रमेश उप्रेतीको नेपाली फिल्म इन्डस्ट्रीमा कमब्याकको चर्चा भयो।

रमेश उप्रेती लामो समयको अमेरिका बसाई पछि नेपाल फर्किएका हुन्। उनले ब्रासलेट फिल्मबाट आफ्नो अभिनयलाई निरन्तरता दिएपनि फिल्मले व्यवसायिक सफलता हात पारेन। तर अब उनले फिल्म ऐश्वर्य निर्माण गरेका छन्। हेटौंडामा आयोजित कार्यक्रममा उनको लगानी सहितको कमब्याकको चर्चा भयो। ’रमेशजी पुरानो कलाकार हुनुहुन्छ र उहाँलाई हामीले साथ दिनुपर्छ’। उहाँ कलाकार भएर पनि निर्माता बन्ने जोखिम मोल्नु भएको छ, जुन यस क्षेत्रकै लागि खुसीको कुरा हो’, निर्माता एवं चलचित्र बिकास बोर्डका अध्यक्ष नरेन्द्र महर्जनले भने। वितरक समेत रहेका महर्जनले फिल्मलाई लिएर हलसंचालक पनि उत्साहित रहेको बताए। ’हामीलाई पनि खुसि लागेको छ, किनकी अमेरिका पुगेको उनि फेरी यसै क्षेत्रमा सक्रिय भएका छन्।’

महर्जनलाई आभार व्यक्त गर्दै रमेशले भने,’मेरो सपना नै स्तरीय फिल्म दर्शकसामु ल्याउने थियो। मैले यही कमाएको हुँ र यहि फेरी लगानी गर्नेछु।’

कार्यक्रममा फिल्मका कलाकारहरु रमेश उप्रेती , प्रशान्त ताम्राकार , दीपिका प्रसाईं र निर्मल शर्मासंगै चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन र फिल्म कलाकार तथा निर्माता सुशान्त श्रेष्ठको उपस्थिति रहेको थियो। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार यस फिल्ममा अर्जुन पोखरेलको संगीत छ। फिल्मलाई राजेश श्रेष्ठ र सुदीप बरालले खिचेका छन् भने यसमा हिमाल केसीको द्वन्द रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell