PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

प्रधानमन्त्रीले भने–वाम एकताले लोकतन्त्रमा चुनौती थपिएको छ, लोकतन्त्रवादी सचेत हुनुपर्छ



पहिलोपोस्ट

प्रधानमन्त्रीले भने–वाम एकताले लोकतन्त्रमा चुनौती थपिएको छ, लोकतन्त्रवादी सचेत हुनुपर्छ

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले केही वामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको बताएका छन्। 

नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा प्रधानमन्त्रीले लोकतन्त्रलाई बलियो बनाउन निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आवश्यक रहेको बताए। 

प्रधानमन्त्री देउवाले भने,‘कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ।’

प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन कांग्रेस एकजुट हुनुपर्ने बताए। उनले भने,‘लोकतन्त्र सिध्याउनु भनेको कांग्रेसलाई सिध्याउनु हो।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नेवि संघको जगमा उभिएको पार्टी भएकाले कांग्रेसलाई जोगाउने काम नेवि संघको भएको बताए। 

उनले संसारबाट हराउँदै गएको कम्युनिष्ट व्यवस्था नेपालमा लागू हुननसक्ने बताए। एक दलीय शासन लागू भए लोकतन्त्र र राष्ट्रियता खतरामा पर्ने उनको भनाइ थियो। 

महामन्त्री डा शशांक कोइरालाले नेपालको लोकतन्त्रलाई समाप्त पार्न वाम गठबन्धन भएको बताए। उनले इतिहास, सिद्धान्त र कार्यकर्ता भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दाबी गरे।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell