PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन भोलि सुरुहुँदै, सवै तयारी पूरा



पहिलोपोस्ट

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन भोलि सुरुहुँदै, सवै तयारी पूरा
फोटो श्रोतः qz.com

बेइजिङ :  चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (कांग्रेस) बुधबार बिहान सुरुहुँदै छ। बुधबार बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सम्मेलन सुरु हुने तय भएको हो। 

चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सम्मेलनको सवै तयारी पूरा भएको छ। ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ। 

सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन्। 

रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि उद्घाटन सत्रलाई प्रत्यक्ष हेर्न सकिने छ। 

कांग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन्। उनीहरुमध्ये अधिकांश आज नै बेइजिङ आइपुग्दैछन्। 

चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल कांग्रेस हरेक पाँच वर्षमा बस्नेगर्छ। नेशनल कांग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय हो। यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ । 

यसले आगामी पाँच वर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच वर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell