
काठमाडौं : गृहमन्त्री जनार्दन शर्माले सरकारबाट ब्याक हुने माओवादीको तयारी तत्काल कार्यान्वयनमा नआउने बताएका छन्।
सरकारले निर्वाचन सार्ने तयारी गरेको आरोप लगाउँदै माओवादीले सरकार नछाड्ने बताएको हो। 'निर्वाचन सार्न सरकारले प्रपन्च गरिरहेको जानकारी हामीले निर्वाचन आयोगबाट थाहा पायौं,' सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री शर्माले भने, 'सरकारबाट बाहिरिनेबारे पार्टी अध्यक्ष पुष्पकमल दाहालले ड्राफ्ट तयार पारेर छलफल गरिरहँदा आयोगबाट यस्तो सूचना आएको हो।'
पछि आवश्यकताअनुसार सरकारबाट हट्न सक्ने सम्भावना भने यथावत रहने उनले बताए।
सम्बन्धित समाचार
चुनाव सार्नेबारे निर्वाचन आयोग नै वेखबर, मन्त्रीको आरोपमा आयुक्त भन्छन् : हुँदै होइन
सुन्नुस् गृहमन्त्री शर्माले के भने?