PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

राप्रपाका संस्थापक नेता रामकृष्ण आचार्यको ८० वर्षको उमेरमा निधन



पहिलोपोस्ट

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सदस्य एवं पूर्वमन्त्री रामकृष्ण आचार्यको आज बिहान निधन भएको छ। 

लामो समयदेखि फोक्सोको क्यान्सरको उपचार गराइरहेका ८० वर्षीय आचार्यको आफ्नै निवास महाराजगञ्जमा निधन भएको हो। 

रसुवा जिल्लाबाट जनप्रतिनिधिका रुपमा उनले लामो सयसम्म मुलुकमा राजनीति गरेका थिए। उनले स्थानीय विकास र विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार पनि सम्हालेका थिए।

उनको पार्थिव शरीरलाई राप्रपाको पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न २ देखि ३ बजेम्म श्रद्धाञ्जलिका लागि राखिएको थियो। उनको आजै दाहसंस्कार गरिने पारिवारले जनाएको छ।

आचार्यका दुई श्रीमती, दुई छोरा र दुई छोरी छन्। यसैबीच उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष कमल थापाले आचार्य निवास पुगेर स्व आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै परिवारजनप्रति सहानुभूति र समवेदना प्रकट गरेका छन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell