डोटी : भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ घोरणीमा दुई यात्रु बस ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
घाइते मध्ये १५ जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा देहिमाण्डौँ बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका– १४ का विक्रम बोहरा छन्।
डडेल्धुरा सदरमुकामबाट जोगबुडा गइरहेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी गइरहेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस आज मध्याह्न ठोक्किएर दुर्घटना भएको हो।
गम्भीर घाइतेलाई धनगढी र बाँकीलाई डडेल्धुरा पठाइएको प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए।रासस