
अफगानिस्तान : दक्षिण पूर्वी अफगानिस्तानको एक पुलिस प्रशासनमा आक्रमण भएको छ। घटनामा एक आक्रमणकारीले पहिले बन्दुक चलाएका थिए भने पछि आफैलार्इ आत्माघाती बम बिस्फोट गराएका थिए।
आक्रमणमा परी १५ जना प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ भने ४० जना घाइते भएका छन्।
आक्रमणको जिम्मवारी तालिवानले लिएको छ। तालिवानले यो काउटिङ आक्रमण हो भन्दै ट्विट गरेका छन् भने घटनाको जिम्मेवारी पनि लिएका छन्। घटना पाकिस्तानको सीमावर्ती नजिक भएको हो। एजेन्सी