PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

चुनाव सार्नेबारे निर्वाचन आयोग नै वेखबर, मन्त्रीको आरोपमा आयुक्त भन्छन् : हुँदै होइन



रमेश वाग्ले

चुनाव सार्नेबारे निर्वाचन आयोग नै वेखबर, मन्त्रीको आरोपमा आयुक्त भन्छन् : हुँदै होइन

काठमाडौं : गृह मन्त्रीले आक्षेप लगाउँदै सरकार नछाड्ने बताए पनि निर्वाचन आयोगले निर्वाचन सार्नेबारे कुनै जानकारी नआएको प्रस्ट्याएको छ।
गृह मन्त्री जनार्दन शर्माले सरकारबाट हट्ने तयारी निर्वाचन आयोगबाट प्राप्त सूचनाका आधारमा स्थगित भएको घोषणा गरेलगत्तै आयोगका प्रवक्तलाई हामीले सोधेका थियौं – के चुनाव सार्ने तयारी हुँदै हो?

‘निर्वाचन सार्नेबारे हामीलाई कुनै जानकारी छैन,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘हामी निर्वाचन तयारी अघि बढाइरहेका छौं।’ 
उनले अहिलेसम्म निर्वाचन सार्ने विषयमा आयोगमा कुनै छलफल समेत नभएको बताए।

तर, आज दिउँसो मन्त्री शर्माले पत्रकार सम्मेलन गरी सरकारको निर्वाचन सार्ने तयारीबारे निर्वाचन आयोगबाट सूचना आएको भन्दै त्यही कारण सरकारबाट नहट्ने घोषणा गरेका थिए। 

यस विषयमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले छोटो प्रतिक्रिया मात्र दिए – 'चुनाव सार्ने विषयको कुरा हुँदै होइन।’ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell