PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

फेरि एकसाथ रानी मुखर्जी र सलमान खान



पहिलोपोस्ट

फेरि एकसाथ रानी मुखर्जी र सलमान खान

बलिउड अभिनेता सलमान खान र रानी मुखर्जी एकसाथ स्क्रिनमा देखिने भएका छन्। उनीहरु एउटै स्क्रिनमा देखिए पनि एउटै फिल्म वा कार्यक्रममा एकसाथ प्रस्तुत हुन लागेका भने होइनन्। यी दुई कलाकारको फिल्म र फिल्मको ट्रेलर हलको पर्दामा जोडिएर आउने भएको हो।

यशराज फिल्मसको ब्यानरमा तयार सलमान खान स्टारर 'टाइगर जिन्दा है' २२ डिसेम्बरमा सार्वजनिक हुँदैछ। हलमा उक्त फिल्मसँगै रानी मुखर्जी स्टारर 'हिच्की'को ट्रेलर पनि बज्ने बलिउड हंगामाले जनाएको छ। फिल्म टाइगर जिन्दा हैको प्रोडक्शनको काम सकिएको छ भने हिच्की आगामी वर्ष प्रदर्शनको तयारीमा छ।

हिच्कीमार्फत रानी मुखर्जीको बलिउड कमब्याक हुँदैछ। फिल्मलाई सिद्धार्थ मल्होत्राले निर्देशन गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell