PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

गृहमन्त्रीको वक्तव्य केटाकेटी पाराको : कांग्रेस नेता महत



पहिलोपोस्ट

गृहमन्त्रीको वक्तव्य केटाकेटी पाराको : कांग्रेस नेता महत
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसले सरकारले निर्वाचन सार्न लागेको आरोपको खण्डन गरेको छ। गृहमन्त्री जनार्दन शर्माको आरोपबारे संसदीय समितिको बैठकबाटै प्रतिक्रिया दिँदै कांग्रेस नेता डाक्टर प्रकाशशरण महतले टिकट बाँडफाँटमा रहेको दलको नेतृत्वमा रहेको सरकारले चुनाव सार्न लागेको आरोप लगाएर गृहमन्त्रीले आफ्नो भित्री चाहनामात्र प्रकट गरेको बताए। 

माओवादीले किन सरकार नछाड्ने निर्णय गर्‍यो, सुन्नुस् गृहमन्त्री शर्माको भनाई

'हामी निर्वाचनका लागि उम्मेदवार छान्न र टिकट दिन व्यस्त छौं, अहिले पनि हामी बैठकमै छौं,' डाक्टर महतले भने, 'यो सरकारमा बसिरहन माओवादी केन्द्रले गरेको राजनीति हो। गृह मन्त्रीको आरोप बच्चाको जस्तो छ।' उनले सरकारमा बसिरहनकै लागि जस्ता पनि अभिव्यक्ति दिन तयार हुनु गृह मन्त्रीको 'बचपना' भएको बताए।  

नेपाली कांग्रेसको उम्मेदवार छान्न संसदीय समितिको बैठक बालुवाटारमा जारी छ। कांग्रेसको सबैभन्दा शक्तिशाली संरचना संसदीय समितिले समानुपातिक तर्फको बन्दसूची टुंग्याएर निर्वाचन आयोगमा बुझाइसकेको छ भने प्रत्यक्षतर्फ दुर्गमका जिल्लाहरुबाट उम्मेदवार टुंग्याउने गरी छललफल गरिरहेको छ। 

चुनाव सार्नेबारे निर्वाचन आयोग नै वेखबर, मन्त्रीको आरोपमा आयुक्त भन्छन् : हुँदै होइन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell