PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

राजपा नेताले निर्वाचनको विषयमा दायर गरेको रिटमा भोलि सर्वोच्चले निर्णय सुनाउने



पहिलोपोस्ट

राजपा नेताले निर्वाचनको विषयमा दायर गरेको रिटमा भोलि सर्वोच्चले निर्णय सुनाउने

काठमाडौँ : आगामी मंसिरमा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको विषयमा राष्ट्रिय जनता पार्टी नेपालका नेता सर्वेन्द्रनाथ शुक्लले दायर गरेको रिटको विषयमा सर्वोच्च अदालतले भोलि मंगलबार निर्णय सुनाउने भएको छ। 

शुक्लले रिटमा आगामी निर्वाचनमा मतपत्र चार वटा बनाउनु पर्ने, प्रत्यक्षतर्फको उम्मेदवार मनोनयन दर्ताको तालिका सार्नुपर्ने माग गरेका छन्। 

मनोनयन रोक्न असोज २२ गते नै दर्ता भएको रिटमा हिजो पुनः मतपत्रको विषय थपेर पूरक निवेदन पेश भएको थियो। यसलाई आज संयुक्त रुपमा दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासमा पेशीका लागि राखिएको थियो। 

असोज २३ गते प्रधान न्यायाधीश गोपाल पराजुलीको इजलासले हेर्न नभ्याएको यो रिट २४ गते ओमप्रकाश मिश्रले कारण देखाउ जारी गरी अन्तरिम आदेशका लागि छलफलमा डाकेका थिए। 

आज भएको बहसमा एक जना कानुन व्यवसायीको बहस बाँकी रहेको निर्णय सुनुवाई भोलिका लागि सरेको हो। 

यसअघि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्‍त्री जनार्दन शर्माले चुनाव सार्ने षड्यन्त्र भएको भन्दै तत्काल आफ्नो पार्टी सरकारबाट नहट्ने बताएका थिए। उनले केही घण्टामा नै यो विषयमा सत्यतथ्य थाहा हुने बताएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell