PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

निर्वाचनपछि केन्द्र र प्रदेशमा एमालेको नेतृत्वमा सरकारः ओली 



पहिलोपोस्ट

निर्वाचनपछि केन्द्र र प्रदेशमा एमालेको नेतृत्वमा सरकारः ओली 


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले वाम गठबन्धन र एकतालाई सफल बनाउनुपर्ने बताएका छन्। 

युवा सङ्घ नेपालले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला र विशेष प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको समृद्धिका लागि वाम गठबन्धन र एकता अपरिहार्य आवश्यकता रहेकाले यसलाई सबैले इमान्दार भएर सफल बनाउनुपर्ने बताए। 

अध्यक्ष ओलीले वाम गठबन्धनका विरुद्ध अर्को शक्ति एक भए पनि केही गर्न नसक्ने बताए।उनले भने, “वामतालमेलबाट प्रतिक्रियावादी आत्तिएका छन्, उनीहरु एक भए पनि वामपन्थी एकतामा कुनै असर पर्दैन।”  

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने विश्वास व्यक्त गर्दै ओलीले निर्वाचनपछि संघ र प्रदेशमा सरकारको नेतृत्व एमालेले गर्ने बताए। 

अध्यक्ष ओलीले एमालेले मुलुकमा शान्ति र समृद्धि चाहेको छ भन्दै सही विचार, नीति, संगठन र देशप्रेमी भावना भएकाले एमालेले जनताको विश्वास जित्न सकेको बताए। 

वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आवश्यकता र पार्टी हितका लागि माओवादीसँग चुनावी तालमेल र एकताको प्रयास गरिएको उल्लेख गर्दै निर्वाचन नगर्ने षड्यन्त्रमा नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाइरहेको आरोप लगाए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell