PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

के भने संवैधानिक निकायका प्रमुखले राष्ट्रपतिलाई भेटेर ?



पहिलोपोस्ट

के भने संवैधानिक निकायका प्रमुखले राष्ट्रपतिलाई भेटेर ?

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग संवैधानिक निकायका पदाधिकारीले भेट गरेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात, महालेखा परीक्षक टंकमणि शर्मा, प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महान्यायाधिवक्ता वसन्तराम भण्डारीलगायत संवैधानिक निकायका पदाधिकारी एवम् सचिवले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन्। 

भेटमा राष्ट्रपति भण्डारीले शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना दिनुभएको राष्ट्रपति कार्यालयका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell