PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेकपा मालेले निकाल्यो  तीन पोलिटब्युरो सदस्यसहित चार जनालाई पार्टीबाट, फुटपरस्त गतिविधि गरेको अरोप



पहिलोपोस्ट

नेकपा मालेले निकाल्यो  तीन पोलिटब्युरो सदस्यसहित चार जनालाई पार्टीबाट, फुटपरस्त गतिविधि गरेको अरोप

काठमाडौँ : नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीन जना पोलिटब्युरो सदस्यसहित चार जनालाई निष्कासन गरेको छ। 

निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गङ्गाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा छन्।

उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ। 

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षमा आज बसेको बैठकले उनीहरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यताबाट समेत निष्कासित गरेको हो। 

“पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान् गर्दछ”– सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell