PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

मतपत्र एउटै कि दुई वटा? सर्वोच्चले आज आदेश सुनाउँदै



पहिलोपोस्ट

मतपत्र एउटै कि दुई वटा? सर्वोच्चले आज आदेश सुनाउँदै

काठमाडौँ: आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको मतपत्र पुनः छपाइ गर्नुपर्ने मागदाबी गरिएको रिटमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदैछ। मंगलबार निवेदक र विपक्षीको छलफल सुनेपछि सर्वोच्चले आज निर्णय सुनाउने गरी पेसी तोकेको थियो।

राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र पुनः छपाइको माग गर्दै रिट दायर गरेका थिए। शुक्लाले प्रतिनिधिसभा र प्रदेशसभाको एउटै मतपत्र हुँदा मतदातालाइ असहज हुने भएकाले फरक फरक मतपत्रको व्यवस्था गर्न माग गरेका हुन्। फरक फरक सभा गठन गर्ने भएकाले एकै मतपत्र उपयुक्त नहुने रिटमा उल्लेख छ।

निवेदकको माग बमोजिम आदेश जारी भएमा मंसिर १० र २१ गतेका लाथि तय भएको निर्वाचन तोकिएको समयभन्दा पछि सर्ने करिव निश्चित छ। हालको समयतालिका अनुसार पुनः मतपत्र छपाइ गरी तोकिएको समयमा निर्वाचन गर्न सम्भव नहुने तर्क निर्वाचन अायुक्तहरुले गर्दै अाएका छन्। आयोगले दलहरुसँगै परामर्शमा मतपत्रको डिजाइन तयार पारेको पनि लिखित जवाफमा उल्लेख गरेको छ।

निर्वाचन आयोगले अहिले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा र समानुपातिकतर्फ अर्को गरी दुई वटा मतपत्रको डिजाइन तयार पारेको छ। डिजाइन अनुसारका समानुपातिकतर्फको आधाभन्दा बढी मतपत्रको छपाइ भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell