PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

तिहारको रौनकः सयपत्री र मखमलीले सजियो राजधानी हेर्नुस् फोटोमा

तिहारको रौनकः सयपत्री र मखमलीले सजियो राजधानी हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: तिहारलाई उज्यालो र फूलको पर्वका रुपमा पनि चिनिन्छ। घर सजाउनमात्र हैन यमपञ्चकका पाँचै दिन फूल नभई हुन्न। तिहारको रौनक भित्रिएसँगै फूलको व्यापार पनि बढेको छ।

आज तिहारको दोस्रो दिन। कुकुर तिहार मनाइँदैछ। राजधानीलगायत मुख्य शहरमा भने बिहानैदेखि सयपत्री र मखमलीको व्यापार सुरु भइसकेको छ।

राजधानीका विभिन्न स्थानमा सडकपेटीमा बेच्न राखिएका पहेँलपुर सयपत्री र बैजनी मखमलीको दृश्य मनमोहक देखिन्छन्। यो सिजनमा नेपाल मात्र होइन भारतबाट समेत फूल आयात हुन्छ।

पछिल्ला दिनहरुमा प्लाष्टिकका मालाहरुले फूलको बजारलाई केही विस्थापित समेत गरेको छ। तिहारमा प्रयोग हुने ८० प्रतिशत सयपत्री माला नेपालकै स्वदेशी उत्पादनले धान्छ। बाँकी भारतबाट आयात हुन्छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell