PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

नुवाकोटमा सालोको कुटाइबाट भिनाजुको मृत्यु



पहिलोपोस्ट

नुवाकोटमा सालोको कुटाइबाट भिनाजुको मृत्यु

नुवाकोट :  नुवाकोटको मेघाङ गाउँपालिका–४ ठूलोकिम्ताङमा सालोको कुटाइबाट भिनाजुको मृत्यु भएको छ। 

घरायसी झगडामा ठूलोकिम्ताङका सालो श्रीमान् तामाङको कुटाईबाट भिनाजु प्रतापसिंह तामाङको मृत्यु भएको हो।मंगलबार भएको झगडामा सालोको कुटाईबाट प्रतापसिंह घाइते भएका थिए।

टाउकोमा गहिरो चोट लागेका उनको उपचारका क्रममा जिल्ला अस्पताल, त्रिशूलीमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कुटपिटमा संलग्न सालो श्रीमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell