PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

विजुक्छेले भने–नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन



पहिलोपोस्ट

विजुक्छेले भने–नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन

भक्तपुर :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले आफ्नो दललाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

नेमकिपा भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष विजुक्छेले ठूला पार्टीले साना पार्टीलाई रोक्न ‘थ्रेसहोल्ड’ को प्रावधान राखेका आरोप लगाए। 

उनले भने,‘थ्रेसहोल्डको आतंकले नेमकिपालाई जान कसैले रोक्न सक्दैन, पञ्चायतकालमासमेत जनताको बीच गएको हाम्रो पार्टी जनताको मतबाटै राष्ट्रिय पार्टी हुनेछ।’

विजुक्छेले जनताबीच सरकारमा रहने ठूला दलको गलत कामको भण्डाफोर गर्ने बताउँदै देशलाई जोगाउन पनि नेमकिपा संसद्मा पुग्नु जरुरी रहेको बताए। 

सरकराले ख्वपः विश्वविद्यालयको विधेयक सदनमा पेश नगरेकोप्रति चर्को आलोचना गर्दै विजुक्छेले सरकारलाई घुस खुवाएर विश्वविद्यालय स्थापना गर्ने पक्षमा नेमकिपा नरहेको बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell