भक्तपुर : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन्।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आज आयोजना गरेको स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले व्यक्तिगत स्वार्थ र आरोप प्रत्यारोपलाई त्यागेर मुलुकका लागि अगाडि बढ्ने समय आएको बताए।
उनले भने,‘स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ, देशमा पूर्ण रुपमा संविधान कार्यान्वयनका लागि आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न गर्नु जरुरी छ, त्यसैले देशको महत्वपूर्ण दोस्रो चाड एवं पर्वको रुपमा निर्वाचन सम्पन्न गर्न सबै लाग्नुपर्छ।’रासस