PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

वाम गठबन्धनको रणनीतिः चुनावी तालमेल र एकताको सन्देश दिन आधारभूत तहसम्म संयुक्त कार्यक्रम 



पहिलोपोस्ट

वाम गठबन्धनको रणनीतिः चुनावी तालमेल र एकताको सन्देश दिन आधारभूत तहसम्म संयुक्त कार्यक्रम 

  • प्रकाश सिलवाल 
काठमाडौँ :  नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकीकृत पार्टी निर्माणको पहललाई प्रभावकारी निष्कर्षमा पुर्याउन प्रदेश, जिल्ला र क्षेत्रीय तहमा संयुक्त कार्यक्रम गर्ने भएका छन्। 

चुनावी तालमेल र एकताको सन्देशलाई आधारभूत तहसम्म विस्तार गर्ने र निर्वाचन क्षेत्र बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम दुई ठूला वाम दलले सँगसँगै अघि बढाएका छन्। बाँडफाँट तथा निर्वाचन घोषणापत्र निर्माणको काम एक दुई दिनभित्रै टुङ्ग्याउने तयारी पनि ती दलले गरेका छन्। 

उम्मेदवारी र घोषणापत्र बाँडफाँटका लागि गठित संयुक्त कार्यदलले काम गरिरहेको छ भने एमाले स्थायी कमिटीको ८७ औं बैठक पनि जारी छ। ती दलबीच गत असोज १७ गते चुनावी तालमेल र एकताको घोषण भएको थियो। 

एमाले र माओवादीले वैचारिक सिद्धान्त र क्रान्तिको कार्यक्रमलाई क्रमिक छलफलबाट विकास गर्ने र मुलुकको समृद्धिका लागि सबै कम्युनिष्ट र लोकतान्त्रिक तथा राष्ट्रवादी शक्तिबीचको एकता र सहकार्यलाई प्राथमिकता दिन सहमत भएका छन्। नयाँ शक्ति नेपाल भने सहमतिमा आएपछि हाल वाम गठबन्धनबाट बाहिरिएको छ। 

एमालेको जारी बैठकमा निर्वाचन आचारसंहिता लागू भइसकेको र समानुपातिक प्रणाली अन्तर्गत उम्मेदवारको मनोनयनसमेत भइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्नु, कार्यविभाजन र विभागीय हेरफेर गर्नु निर्वाचन आचारसंहिताको उल्लंघन भएको ठहर गरिएको पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले बताए। 

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले सैद्धान्तिक रुपमा दुई पार्टी तालमेल र एकताको प्रक्रिया तलसम्म लान तयार भएको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell