PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजपाको टिकट वितरणमा असन्तुष्टीः महासचिवहरु नैं धर्नामा



रमेश वाग्ले

राजपाको टिकट वितरणमा असन्तुष्टीः महासचिवहरु नैं धर्नामा

काठमाडौं :  राष्ट्रिय जनता पार्टीमा निर्वाचनमा उम्मेदवार छनोट विभेदकारी भएको भन्दै केन्द्रीय कार्यालयमा धर्ना सुरु भएको छ।  पार्टी नेतृत्वको विभेदकारी नीतिविरुद्ध भन्दै थालिएको धर्नामा महासचिव केशव झाको नेतृत्वमा १४ जना केन्द्रीय स्तरकै नेता तथा भातृ संगठनका प्रमुखहरु सहभागी छन्। 

उनीहरुले जिल्लाले गरेको सिफारिश सूची पन्छाइएको, नेताहरुको मनोमानीमा उम्मेदवार छनोट गरिएको, आन्दोलनको योगदान भन्दा नेताहरुको निकटता हेरिएको तथा जनाधार भएकालाई भन्दा नेताको चकडी बजाउनेलाई उम्मेदवारका लागि प्राथमिकतामा पारिएको भन्दै त्यसका विरुद्ध धर्ना सुरु गरेका हुन्। 


‘जिल्ला जिल्लाबाट पार्टीमा पुर्याएको योगदान र जनाधार हेरेर आएको सिफारिशलाई नेतृत्वबाट पुरै लत्याउने काम भयो, नेताहरुबाट आफ्नो निकटबाहेक अन्य कुरा मूल्यांकन गरिएन,’ धर्नाको नेतृत्व गरिरहेका महासचिव केशव झाले भने, ‘महिलाहरु छान्दा पनि हिजो आन्दोलनको अग्रपंक्तिमा रहेकाहरुलाई  पन्छाएर महिलाका नाममा महिला मात्र राख्ने काम भयो।’ उनले आन्दोलनको नेतृत्व गरेका र युवाहरुमा पपुलर भातृ संगठनका प्रमुखहरुलाई प्रदेशमासमेत अवसर नदिएर नेतृत्वले मनोमानी गरेको बताए।
 

निर्वाचन समितिले निर्वाचनका विषयमा टुंग्याउने भएपनि नेताहरुले त्यो समितिसमेत नबनाएर आफूखुशी गरेको धर्नाकारीहरुको आरोप छ। 

धर्नामा महासचिव झासँगै अर्का महासचिव पेशल ढकाल, सह(महासचिव इन्दु झा, केन्द्रीय सदस्यहरु बीपी यादव, दीपककुमार झा, दीपेन्द्र अग्रवाल, नगेन्द्र झा, युवा संगठनका अध्यक्ष रोशनसिंह राणा तथा महासचिव गायत्री कुमारी, विद्यार्थी संगठनका अध्यक्ष मण्डलका मनिष मिश्रा र ज्ञानेन्द्र झा ‘ज्ञानु’  विद्यार्थी संगठन सहअध्यक्षहरु मुकेश कर्ण र विनोदकुमार मण्डल तथा इन्जिनियरिङ विभागका रामविनोद राय सहभागी छन्। 


धर्नाकारीले नेतृत्वलाई प्रतिनिधिसभाका लागि गरिएको  निर्णय सच्याउन तथा प्रदेशमा विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell