PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

एसियन यू-१६ वुमन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

एसियन यू-१६ वुमन्स बास्केटबल च्याम्पियनसिपमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं : नेपाली यू-१६ महिला राष्ट्रिय बास्केटबल टोलीले भारतमा हुने फिबा यू-१६ वुमन्स एसियन च्याम्पियनसिप २०१७ बास्केटबल प्रतियोगितामा भाग लिने भएको छ।

भारतमा आगामी आइतबारबाट शुरु हुने प्रतियोगितामा सहभागिता जनाउने नेपाली यू-१६ महिला टोलीलाई बुधबार नेपाल बास्केटबल संघले बिदाइ गरेको छ।

अक्टोबर २२ देखि २८ सम्म भारतको बेंगलुरुमा हुने प्रतियोगितामा नेपाल र आयोजक भारतसहित कूल १४ राष्ट्रका यू-१६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

नेपाली बास्केट बलको इतिहासमै फाइनल राउण्डको प्रतियोगिता खेल्न लागेको यो पहिलो पटक भएको नेबाले जनाएको छ।

नेबाका अध्यक्ष लामा टेण्डी शेर्पाले फस्ट कम फस्टका आधारमा नेपालले च्याम्पियनसिपमा खेल्ने अवसर पाएको बताए।

फिबाका अनुसार सहभागी १४ टोलीलाई दुई डिभिजनमा विभाजन गरेर च्याम्पियनसिप खेलाइनेछ। जसअन्तर्गत डिभिजन ए मा चीन, जापान, दक्षिण कोरिया, चाइनिज ताइपेइ, हङकङ, थाइल्याण्ड, अष्ट्रेलिया र न्यूजिल्याण्ड गरी ८ टिम छन्। यस्तै डिभिजन टू मा आयोजक भारत र नेपालसहित ६ टिम हुनेछन्।


१६ सदस्यी नेपाली टोली बिहिबार भारत प्रस्थान गर्नेछ।

 

नेपाली टोली

श्रेयषी राना

निस्ता राजभण्डारी

निलम शेर्पा

ममता गुरुङ

छिरिङ चोकि शेर्पा

अदिति सुन्दर चौधरी

शुस्मा गौतम

प्रतिक्षा मगर (कप्तान)

रोशनी श्रेष्ठ

एरिषा श्रेष्ठ

संस्कृती मास्के

अस्मिता थापा

 

टिम म्यानेजर : सरोजा कोइराला श्रेष्ठ

प्रशिक्षक : बिपिन कपाली

सहायक प्रशिक्षक : सुशील गुरुङ

अफिसियल : राज कुमार महर्जन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell