PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

गोलमाल अगेन हेर्नुपर्ने ५ कारण



पहिलोपोस्ट

गोलमाल अगेन हेर्नुपर्ने ५ कारण

रोहित सेठ्ठीद्वारा निर्देशित फिल्म गोलमाल अगेन पर्सी शुक्रबारबाट रिलिज हुँदैछ। यो गोलमाल सिरिजको चौथो फिल्म हो। बलिउड हंगामाले यो फिल्म हेर्नुपर्ने पाँच कारण यसरी दिएका छ।

१. गोलमालको चौथो संस्करण: सन् २००६ मा सार्वजनिक हिट फिल्म 'गोलमाल'को यो चौथो संस्करण हो। फिल्मको सिक्वेलहरु दर्शकले रुचाएर र बक्सअफिसमा हिट भए।  त्यस्तै रोहित सेट्ठी र अजय देवगणको यो एकसाथ दशौं फिल्म हो।

२. पुरानो नाममा नयाँ जनरा: गोलमाल फिल्म सिरिज कमेडी जनराको लागि चर्चामा छ। तर गोलमाल अगेल पूर्ण कमेडी फिल्म होइन। नयाँ संस्करण हरर कमेडी जनरामा निर्मित छ। यसअघि फिल्म भूल भुलैया हरर कमेडी जनरामा बनेको थियो।

३. अजय देवगण र भूत: अजय देवगणको प्रमुख भूमिका रहेका फिल्ममा अन्य कलाकारहरु जस्तै भूत पात्रको पनि महत्व छ। अजय देवगणले भूतसँग महत्वपूर्ण समय बिताउँछन्। अजयको यसअघि उनले राम गोपाल वर्माको फिल्म 'भूत'मा उस्तै किसिमको भूमिका रहेको थियो।

४. दुई नयाँ अभिनेत्री: गोलमाल सिरिजमा पहिलोपटक दुई नयाँ महिला अनुहार देखिंदैछ। अभिनेत्री तबु र परिणिती चोपडा एकसाथ गोलमाल अगेनमा देखिन लागेका हुन्। दुबै एकसाथ रहेको सिनहरु भने धेरै नभएको बलिउड हंगामाले जनाएको छ।

५. टाइम पास: जमाना टाइम पासको छ। यस्तोमा मनोरञ्जन समय बिताउने राम्रो माध्यम बन्न सक्छ। गोलमाल अगेन मनोरञ्जनको त्यस्तै प्याकेज हो। योपटक फिल्म हास्यप्रदानसँगै हरर जनराको पनि स्वाद दिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell