PahiloPost

Aug 7, 2026 | २२ साउन २०८३

फिल्म 'पसले'को घोषणा



पहिलोपोस्ट

फिल्म 'पसले'को घोषणा

काठमाडौं: फिल्म 'पसले'को बन्ने भएको छ। मङ्गलबार फिल्मको शुभसाइत गर्दै फिल्म युनिट तिहारपछि छायांकनको लागि फ्लोरमा निस्किएको बताइएको हो।

राजेन्द्रकुमार अर्यालको निर्देशनमा बन्न लागेको फिल्मले व्यवसायीको कथा भन्ने जानकारी दिइयो। कलाकार दीपेन्द्र कोइरालाको मुख्य भूमिका रहेको फिल्ममा रामचन्द्र अधिकारी, विशाल पहाडी, टीकादेवी दाहाल, पुष्प लुइँटेल लगायतको अभिनय रहने छ।

समाजिक कथावस्तु उठाम गर्ने फिल्मलाई एनपी फिल्मसले प्रस्तुत गर्न लागेको हो। सञ्जय थापा र संजयप्रसाद चुँडालको संयुक्त रुपमा निर्माण गर्न लागेका फिल्मको छायांकन पोखरा, काठमाडौं र चितवनमा हुने बताइएको छ।

सहदेव कोइराला र अमित चौधरीको संगीत रहने फिल्मलाई राजेन्द्र थापाले खिच्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell