PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

न्याय बलियो भए मात्र विकास सम्भवः प्रधानन्यायाधीश पराजुली



पहिलोपोस्ट

न्याय बलियो भए मात्र विकास सम्भवः प्रधानन्यायाधीश पराजुली

रोल्पा :  प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय बलियो भए मात्र विकासले गति लिने बताएका छन्। 

आज रोल्पा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानन्यायाधीश पराजुलीले जहाँका जनताले कानुनको पालना गर्दछन्, त्यहाँको समुदाय समृद्ध हुने बताए। 

आफू न्यायालयलाई आधुनिकीकरण गर्न लागिपरेको भन्दै पराजुलीले ‘स्मार्ट जुडिसरी’का लागिसमेत पहल भइरहेको बताए। जनतालाई छिटोछरितो न्याय दिन आधुनिक प्रविधिसँग न्यायालयलाई जोड्नुपर्ने उनको भनाइ थियो। 

तीन करोड ४७ लाख रुपैयाँको लागतमा निर्मित अदालत भवन चारतलाको रहेको छ। १६ कोठे सो भवन २०६९ सालमा शिलान्यास गरिएको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell