PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

भक्तपुरमा चारपाङ्ग्रे सवारीको निःशुल्क ट्रायल परीक्षा सुरु, पहिलो दिन २५२ जना सहभागी



पहिलोपोस्ट

भक्तपुरमा चारपाङ्ग्रे सवारीको निःशुल्क ट्रायल परीक्षा सुरु, पहिलो दिन २५२ जना सहभागी

  • रमेश गिरी 
भक्तपुर :  यातायात व्यवस्था कार्यालय भक्तपुरले आजदेखि भक्तपुरबाटै चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा सुरु भएको छ । 

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि दुईपाङ्ग्रे सवारीको लाइसेन्सको ट्रायल परीक्षा गत शनिबारदेखि र चारपाङ्ग्रेको आजदेखि सुरु भएको हो। 

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहज रुपमा लाइसेन्सको ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधे राधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेकाले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन्। 

कार्यालय प्रमुख अनोज घिमिरेले भक्तपुरबाटै दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडौं जानु नपर्ने बताए। 

आज पहिलो दिन २५२ जनाले चारपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा दिएको उनले बताए। 

सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको उल्लेख गर्दै प्रालिका प्रमुख निर्भयबाबु प्रसाईंले साधन प्रयोग गर्न दिए बापतको रकमसमेत नलिई निःशुल्क दिएको बताए। 

यातायात व्यवस्था कार्यालयले काठमाडौँ र ललितपुरमा सञ्चालित ट्रायल सेन्टरमा भने भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले सवारीसाधन उपलब्ध गराएबापत सर्वसाधारणसँग शुल्क उठाउने गरिए पनि यहाँ भने निःशुल्क व्यवस्था गरिएको छ। 

भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेका छन्।

कार्यालय प्रमुख घिमिरेले ट्रायल दिने स्थानको अभावले एक सातामा दुई पाङ्ग्रेको ८५० र चारपाङ्ग्रेको २५० जनाभन्दा बढीलाई ट्रायल परीक्षामा सहभागी गराउन नसकिए पनि अब भने आए जति सबैलाई परीक्षामा सहभागी गराउन सक्ने बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell