PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

चितवन राष्ट्रिय निकुञ्जमा फेरिे मर्‍यो गैंडा



राजेन्द्र आचार्य

चितवन राष्ट्रिय निकुञ्जमा फेरिे मर्‍यो गैंडा

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा फेरि एक बस्यक गैंडा मरेको छ। निकुञ्जको पूर्वी सेक्टर सौराहा नजिक रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनमा अन्दाजी १५ वर्षको पोथी गैंडाको मुत्यु भएको हो।

असोज २२ गते भाले गैंडासँग जुधेर घाँटीमा गम्भीर चोट लागेको गैंडा उपचारकै क्रममा मुत्यु भएको वनका अध्यक्ष बीपी चौधरीले जानकारी दिए।

यसअघि असार १२ गते पूर्वी सेक्टरमै पर्ने कुमरोज मध्यवर्ती सामुदायिक वनको कंक्रिट टावर नजिक सुत्केरी गैडा मृत भेटिएको थियो।

निकुञ्जमा यसै अर्थिक वर्षमा मात्रै एक चोरी शिकारी, एक करेन्ट, दुई जुधेरसहित २३ वटा गैडा कालगतिका कारण मरेको उनले जानकारी दिए। निकुञ्जका पछिल्लो समयमा गरिएको गणना अनुसार ६ सय ५ वटा गैंडा छन्। 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell