PahiloPost

Aug 6, 2025 | २२ साउन २०८२

गैरआवासीय नेपालीलाई ओलीले भने–समृद्धिको अभियानमा लाग्नुस्



पहिलोपोस्ट

गैरआवासीय नेपालीलाई ओलीले भने–समृद्धिको अभियानमा लाग्नुस्

काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि केन्द्रित भएर काम गर्न गैरआवासीय नेपाली संघको नवनिर्वाचित नेतृत्वलाई आग्रह गरेका छन्। 

संघको आठौँ विश्व सम्मेलनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रममा अध्यक्ष ओलीले सबै तहका निर्वाचनसँगै मुलुक समृद्धिको बाटोमा अघि बढ्ने भएकाले विश्वभर छरिएर रहेका नेपालीले पनि यस अभियानमा साथ दिनुपर्ने बताए।

नेपालमा नयाँ नेतृत्वले अविस्मरणीयरुपमा काम गर्न सकोस् भन्ने कामना पनि उनले गरे। 

वरिष्ठ नेता माधवकुमार नेपालले नेपाललाई सधैँ अस्थिर बनाउन खोज्ने तत्वलाई परास्त गरी समृद्धिको यात्रामा सबै जोडिनुपर्ने बताए। 

संघका अध्यक्ष भवन भट्टले सबै राजनीतिक शक्तिसँग समन्वय गरी मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell