PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

नेपाल र जोर्डनबीच श्रम सम्झौतामा हस्ताक्षर



पहिलोपोस्ट

नेपाल र जोर्डनबीच श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौँ :  नेपाल र जोर्डनबीच श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। जोर्डनमा रहेका श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मंसुर र जोर्डनका श्रममन्त्री अलि जहिर अलघजावीबीच आज उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

साधारण कामदार र घरेलु कामदारसम्बन्धी दुई छुट्टाछुट्टै समझदारीपत्रमा दुईदेशबीच हस्ताक्षर भएको हो। नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी हुन सकेको थिएन। जसले गर्दा त्यहाँ कार्यरत नेपालीलाई श्रमसम्बन्धी समस्या पर्दा समाधानका लागि अप्ठ्यारो अवस्था रहेको थियो। 

दुई देशबीच कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, आपूर्ति प्रक्रियालगायतका विषयमा समझदारी भएको हो।

सुरक्षित र मर्यादित श्रमका लागि प्रयत्न गर्ने, कामदारको हक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई पालन गरिने समझदारी पत्रमा उल्लेख छ। 

समझदारीले कामदारको हकअधिकार संरक्षण र संबद्र्धनमा सहयोग पुग्ने दुवै देशले विश्वास लिएका छन्। कामदारसम्बन्धी कुनै समस्या आए दुई देशले आपसी सहमतिमा टुंग्याउने पनि समझदारी पत्रमा उल्लेख छ। 

नेपालले रोजगारीका लागि १०९ मुलुक खुला गरेपनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ। बहराइन, जापान, दक्षिण कोरिया, कुवेत र इजरायलसँग श्रमसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell